Logo

छठ पर्व : काठमाडौंमा यसरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिईयो (फोटोफिचर)



काठमाडौं, २४ कार्तिक । छठ पर्वको अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । काठमाडौंको गौरीघाट, कमलपोखरी, नख्खु, थापाथलीलगायतका स्थानमा बनाइएको छठ घाटमा भेला भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् । गुह्येश्वरी गौरीघाट क्षेत्रमा हजारौँ भक्तजनको छठ पूजा गर्न भेला भएका थिए ।

छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधना गरेकी छन् । छठी माताको प्रतिमामा पूजा आराधना गरी उनले गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरिन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्