Logo

अभियन्ता राजलवटद्धारा छठको अवसरमा गुर्जोको चिया सेवा (फोटोफिचर)



महोत्तरी, २४ कार्तिक । आज छठ पर्वको मुख्य दिन । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। महोत्तरीका नदी, पोखरी, खोला किनारमा बेहुलीझैं सिंगारेर छठ घाट बनाइएको छ।

यसै अवसरमा सूर्यलाई अर्घ्य दिएर छठ मनाउन भेला भएका र छठ घाटमा दर्शन गर्न आएकाहरुलाई गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको चिया सेवा गराएका थिए । उपस्थित् सबैले उत्साहपूर्वक गुर्जोको चिया सेवन गरेका थिए । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ अन्त्य हुन्छ ।



प्रतिक्रिया दिनुहोस्