Logo

खाना पकाउने ग्याससहित सबै प्रकारका इन्धनको मूल्य बढ्यो



कात्तिक २४, काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले कात्तिक १५ गते पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाउँदै यहाँ पनि मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ ।

आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पु¥याइएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।

मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा २ अर्ब ६२ करोड नोक्सान हुने प्रक्षेपण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्