Logo

राष्ट्रिय जनगणना आजदेखि शुरु, ४० हजार जना गणक परिचालन



काठमाडौं, कात्तिक २५। ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु भएको छ ।

मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिएका छन्। त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको छ ।

 केन्द्रीय तथ्याङ्क विभागका अनुसार ४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउने छनभने कुल ८० प्रश्न सोध्नेछन् । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग भएका छन् ।

जनगणनामा नेपालको नक्साभित्र समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा स्थलगत तथ्यांक संकलन नहुने भएको छ। भारतले अनुमति नदिएपछि सो क्षेत्रमा अव प्रविधिको प्रयोग गरेर अनुमानका भरमा जनसंख्या गणना गरिने भएको छ ।

यसपटकको जनगणनामा ४० हजार जना गणकले १५ दिनमा संकलन गरिसक्नुपर्नेछ । ‘यो १२ औं जनगणनाका लागी यस अगाडि नै घर परिवार सूचीकरण कार्यक्रम गरिईसकेको छ। मुख्य गणनाको कार्य आजदेखि शुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस्