Logo

फाइनल प्रवेशको लागि आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै



काठमाडौं, कार्तिक २५ । आईसीसी टि-२० विश्वकप क्रिकेट अन्तर्गत आज हुने दोस्रो सेमिफाइनल खेलमा पाकिस्तान र अष्ट्रेलिया भिड्दै छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ ।

आजको खेलको विजेताले आइतबार हुने फाइनल खेलमा न्युजिल्यान्डको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्डले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरिसकेको छ । जारी प्रतियोगितामा अपराजित रहेको पाकिस्तान आजको खेलमापनि सोही लयलाई निरन्तरता दिँदै फाइनलमा प्रवेश गर्न चाहन्छ । युईएईमा भएको पछिल्लो १६ टि(२० खेलमा पाकिस्तान अपराजित रहेको छ ।

टि-२० विश्वकपको दोस्रो संस्करणको विजेता पाकिस्तानले प्रतियोगिताको पहिलो खेलमा चिरप्रतिद्वन्दी भारतलाई १० विकेटले हराउँदै शानदार शुरुवात गरेको थियो । यस्तै समूहको अन्य खेलमा अष्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र अफ्गागिस्तानलाई हराएको पाकिस्तान शिर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्