राष्ट्रिय जनगणनालाई सफल बनाउँः माधव नेपाल


काठमाडौं, २५ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपलले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाई सावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गरेका छन् ।
नेता नेपालले एक सन्देश जारी गर्दै जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आगामी दिन मुलुकको विकास तथा निर्माण प्रक्रियामा आवश्यक योजना तय गर्न यसले एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने भएकाले संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि अभियानलाई सफल पार्नुपर्नेमा जोड दिइएको छ । रासस