Logo

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार आक्रामक, नागरिकलाई सडकमा आउन आह्वान (भिडिओसहित)



काठमाडौं, २५ कार्तिक । नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलनलाई थप सशक्त बनाएको छ । सर्वोच्च अदालत परिसरमा आज आन्दोलनको क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि आयोजित कार्यक्रममा बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालतमा प्रवेश नै गर्न नदिने चेतावनी दिएका छन् । श्रेष्ठले अब नागरिकहरुलाई पनि सडकमा आउन आग्रह गरे ।

उनले भने,‘हिजो रञ्जन कोइरालाको केशमा हामीले नागरिकलाई सडकमा नआउन भनेका थियौं, किनकी हामीले सम्हाल्न सकिन्छ भन्ने लागेको थियो। तर, अब त्यो छैन् । उसले अहिले विचौलिया र भ्रष्टाचारीलाई झनै, झाँग्गिदै गयो । प्रतिवेदन लागु नगर्ने भयो, उहाँलाई हटाउनको लागि सम्पूर्ण नागरिक समाजको आवश्यकत्ता पर्दछ ।’ उनले विचौलिया र भ्रष्टाचारको रक्षक चोलेन्द्र शमशेर राजीनामा दे भन्ने नारा लगाएका थिए ।

तस्विर तथा भिडिओ : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्