Logo

‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’ भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २५ कार्तिक । दबाबको शासन अन्त्य गर्नुपर्ने र विधिको शासन कायम गरिनुपर्ने भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । आज (बिहीबार) काठमाडौंको माईतीघरमा प्रदर्शनमा उत्रिएकाहरुले यस्तो नारा लेखिएको ब्यानर बोकेका छन् ।

उनीहरुले बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरुको आलोचनासमेत गरेका छन् । त्यस्तै, जनताको सम्प्रभुता राजकीय सत्ताको सम्मान गर भन्ने पनि उनीहरुले नारा लगाएका छन् । धर्ना कार्यक्रमलाई बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले सम्बोधन गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्