Logo

विप्लवद्वारा चक्काजाम देखि नेपाल बन्द घोषणा (प्रेस वक्तव्यसहित)



काठमाडौं, २५ कात्तिक । देशमा फेरि बन्द हड्तालका घटनाहरु चल्न थालेको छ । लामो समय कोरोना भाइरसविरुद्धको अभियानमा लकडाउन खेपेर समस्या भोगेका जनताले राजनीतिक शक्तिहरुबाट विभिन्न क्षेत्रमा बन्द हडताल खेप्नुपर्ने भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावशयक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै बन्द आव्हान गरेको छ । नेकपाका महासचिव विप्लवले प्रेस वक्तव्यमार्फत् जुलुल र बन्द सम्मको घोषणा गरेका हुन् ।

२५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देशव्यापी प्रदर्शन, २८ कात्तिकमा विहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ कात्तिकमा सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो । विप्लवले तत्काल मूल्यवृद्धि फिर्ता लिन आव्हान समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्