Logo

अदालतको विवाद धेरै दिन लम्बियो भने अब संसद् र सरकारले हस्तक्षेप गर्न जरुरी छ : उदयशमशेर जबरा (भिडिओसहित)



काठमाडौं, २५ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले न्यायापालिका स्वतन्त्र रुपमा चल्नुपर्ने बताएका छन् । उनले भने,‘जुन किसिमको किचलो अहिले न्यायापालिकाभित्र छ, यसमा सकेसम्म संसद् र सरकारले हस्तक्षेप गर्नुहुँदैन् । हाम्रो धारणा के छ भने, सकेसम्म यो कुराहरु न्यायापालिकाभित्रै टुँग्यिोस । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एक व्यक्तिको कारण न्यायापालिकाको सबै काम ठप्प पार्न मिल्दैन् । त्यसैले यो धेरै दिनसम्म लम्बियो भने संसद् र सरकारले हस्तक्षेप गर्न जरुरी छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कोही व्यक्तिले मबाहेक अरु कोही केही होईन भन्ने एटिट्युड लिन हुँदैन्, सकेसम्म त्यो मिलोस र मिलाउनुपर्छ भन्ने मेरो चाहना हो । न्यायपालिकाभित्र उहाँहरुको कुरा मिलेन भने सरकारले पनि कोअर्डिनेशनको भूमिका खेल्नु राम्रो होईन, तर यो १५ दिन लम्बिसक्यो ।’ उनले कुनै एक व्यक्तिले राजीनामा गरेर प्रक्रिया अघि बढ्छ भने त्यसलाई नकारात्मक रुपमा लिन नहुने धारणा राखे ।

 



प्रतिक्रिया दिनुहोस्