Logo

मंसिरमा १२ कक्षाको नतिजा प्रकाशन हुने



काठमाडौं, २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंंसिरको दोस्रो सातामा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ ।

नतिजा रुजु गर्ने, कपी जाँच गर्ने लगायत नतिजासम्बन्धि ५० प्रतिशत काम सकिएको बोर्डको जनाएको छ । बोर्डले ४ हजार ३१० परीक्षा केन्द्रबाट गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा सञ्चालन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्