Logo

साडीमा आगो लागेर गम्भिर घाइते महिलालाई काठमाडौं ल्याइदै



काठमाडौं, २५ कात्तिक । छठ मनाउन क्रममा साडीमा आगो लागेर गम्भिर घाइते भएकी महिलालाई थप उपचारको लागि काठमाडौं ल्याइदैछ । महोत्तरीको जलेश्वरको साहुजीपट्टीस्थित् छठघाटमा गएराति पुजाको दिप प्रज्वलन गर्ने क्रममा साडीमा आगो लागेपछि फुलकुमारी कर्ण घाइते भएकी हुन् ।

आगो सल्किएर उनको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेको प्रहरीेले जनाएको छ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा थप उपचार सम्भव नभएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot