Logo

हिमानीको मधेशमा क्रेज बढ्यो



काठमाडौं, २५ कात्तिक । पूर्वयुवराज्ञी हिमानी शाहको क्रेज मधेशमा पनि बढेको छ । छठका अवसरमा उनी मधेश झरिन् । वीरगञ्जमा पुगेर छठ मनाइन् ।

हिमानीले वीरगञ्जको घडीअर्वा पोखरीमा पुगेर पूजा गरिन् । अस्ताउँदो सूर्यको आराधना गरिन् । हिमानीको साथमा जेठी छोरी पूर्णिका पनि थिइन् । आमाछोरीले नै छठमा पूजाआराधना गरे ।

हिमानी पूजाका लागि वीरगञ्ज पुग्दा निकै चर्चा भएको छ । सिंगो मधेशमा यसबारे चासो बनेको छ ।

मधेशमा मनाइने छठपर्वको पछिल्लो समय पहाडतिर पनि आकर्षण बढ्दै गएको छ । हिमानी पनि छठको पूजामा सहभागी भएपछि मधेशमा उनको लोकप्रीयता चुलिएको छ ।

पूर्वयुवराज्ञी हिमानी पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय छिन् । उनको सक्रियताले राजसंस्थाका पक्षधरलाई उत्साही बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्