Logo

अनेरास्ववियुद्धारा प्रधानमन्त्री देउवाको पुत्ला दहन : परमादेशको उपहार, मूल्यवृद्धि बारम्बार (फोटोफिचर)



काठमाडौं, २५ कार्तिक । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सडक आन्दोलनमा उत्रिएको छ । अखिलका विद्यार्थीहरुले ‘परमादेशी सरकार राजीनामा दे’, ‘जनतामारता सरकार मुर्दावाद’, मूल्यवृद्धि फिर्ता गर, नाफाघाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं, परमादेशको उपहार, मूल्यवृद्धि बारम्बार’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

विरोध प्रदर्शन आर.आर. कलेज, प्रदर्शनीमार्गबाट भएको हो । अनेरास्ववियु उपत्यका विशेष बाग्मती प्रदेश अध्यक्ष शंकर भण्डारीको नेतृत्वमा प्रदर्शन भएको हो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आर.सी. लामिछाने, उपाध्यक्ष याम पाण्डे, महासचिव समिक बडाल, उपमहासचिव सुदर्शन शिवाकोटीलगायत उपस्थित् थिए । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको मुकुटसहितको पुत्लादहन गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्