Logo

कर तिर्न एलन मस्कले बेचे टेस्लाको सेयर



एजेन्सी, २५ कात्तिक । टेस्ला कम्पनिका मालिक एलन मस्कले १.१ अर्ब डलर बराबरको शेयर बिक्री गरेका छन् । मस्कले ट्विटरमा आफ्ना फलोअर्सको मत सर्वेक्षणपछि मस्कले टेस्लाको सेयर बेचेका हुन् ।

उनले केही दिनअघि ट्विटरमा आफ्ना फलोअर्ससँग कर तिर्नको लागी टेस्लाको सेयर बेच्ने विषयमा राय मागेका थिए। ट्विटरका फलोअर्समध्ये ५८ प्रतिशतभन्दा बढीले मस्कलाई सेयर बेच्न सल्लाह दिएका थिए।

मस्कले ट्विटरमा टेस्लाको शेयर बेच्ने विषयमा राय मागेसँग गत सोमबार मंगलबार टेस्लाको शेयरमूल्यमा भारी गिरावट आएको थियो। जसका कारण मस्कको सम्पत्ति २ दिनमै ५० अर्ब डलरले घटेको थियो।

एलन मस्कले ९ लाख ३० हजार कित्ता सेयर बिक्री गरेको छन् । तर, उक्त सेयर कित्ता उनको कुल सेयरको शून्य दशमलव ५ प्रतिशत मात्रै हो ।



प्रतिक्रिया दिनुहोस्