Logo

कंगनाबारे बरुण गान्धीले भनेः पागलपन कि देशद्रोह ? (भिडियोसहित)



एजेन्सी, २५ कात्तिक । यतिबेला ट्वीटरमा बरुण गान्धी चर्चामा छन् । उनले बलिउड नायिका कंगना रनौटले टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर चर्को आलोचना गरेका छन् ।

भाजपाका सांसद समेत रहेका बरुणले कंगनाले भारतले सन् २०१४ मा मात्र स्वतन्त्रता पाएको अभिव्यक्ति दिएपछि आलोचना गरेका हुन् । उनले कंगनाको अभिव्यक्तिबारे भनेका छन्ः ‘यो सोचलाई म पागलपन भनुँ या देशद्रोह ?’

सन् २०१४ मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएका थिए । भाजपाले बहुमत ल्याएर मोदी सत्तामा आएको वर्षलाई उनले स्वतन्त्रता मिलेको भनेकी छिन् । कंगना भाजपाको पक्षमा देखिन्छिन् । उनले कडा अभिव्यक्ति दिएर विवाद र चर्चा बटुल्दै आएकी छिन् ।

बरुण गान्धी भाजपामा छन् । गान्धी परिवारका सदस्यमध्ये बरुण र उनकी आमा मेनका गान्धी मात्र भाजपामा छन् ।

तर, बरुणले कंगनाप्रति आक्रोश पोख्दै ट्वीटरमा लेखेका छन्ः ‘कहिले महात्मा गान्धीको त्याग र तपस्याको अपमान, कहिले उनको हत्याराको सम्मान, कहिले शहीद मंगल पाण्डेय देखि रानी लक्ष्मीबाई, भगत सिंह, चन्द्रशेखर आजाद, नेताजी सुभाषचन्द्र बोस र लाखौं स्वतन्त्रता सेनानीको बलिदानीको तिरस्कार । यो सोचलाई म पागलपन भनुँ कि देशद्रोह ?’



प्रतिक्रिया दिनुहोस्