Logo

कंगनाले विवाहबारे भनिन्, ‘म आफुलाई श्रीमती र आमा बनेको हेर्न चाहन्छु’



एजेन्सी, २५ कात्तिक । बलिउड अभिनेत्री कंगना रनावतले पछिल्लो सयममा विभिन्न विषयमा अभिव्यक्ति दिएर आफ्नो नयाँ परिचय बनाएकी छिन् । कंगनालाई मनोरञ्जन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भर्खरैमात्र पद्मश्री अवार्डबाट सम्मानित गरिएको छ । कंगनाले आज एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनको बारेमा ठुलो खुलासा गरेकी छिन् ।

टाइम्स नाउ समिटमा कंगना रनौतले आउँदो वर्षको योजना बारे सोधिएको प्रश्नको जवाफमा आफु आगामी ५ वर्षभित्र आफु श्रीमती र आमा बनेको हेर्न चाहेको बताइन् । कंगनालाई आउँदो ५ वर्षमा तपाइलार्ई कहाँ देख्न सकिन्छ भनी प्रश्न सोधिएको थियो । कंगनाले भनिन्, ‘आफुलाई श्रीमती र आमाको रुपमा हेर्न चाहन्छु । रनावतले छिट्टै आमा बन्ने अनुभवबाट गुज्रने बताएकी छिन् ।
कंगनालाई रिलेशनशिपमा रहेको र उनको भावी पतिको नामको बारेमा सोधिएको प्रश्नमा अभिनेत्रीले भनिन्, “अहिलेको लागि, हामीले यो विषयलाई यही छोड्नुपर्छ। तर चाँडै सबैजनाले यो कुरा सार्वजनिक रूपमा थाहा पाउनेछन्।”

प्रेम सम्बन्ध र श्रीमानको नामको बारेमा सोधिएको प्रश्नमा कंगनाले भनिन्, “अहिलेका लागि हामीले यो विषय यहाँ छोड्नुपर्छ।“ तर चाँडै जनताले यो कुरा सार्वजनिक रूपमा थाहा पाउनेछन्।

कंगना रनौतलाई हालै भारतका राष्ट्रपति रामनाथ कोविन्दले पद्मश्रीबाट सम्मानित गरेका हुन् । योसँगै कंगनाले चौथो पटक उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेकी हुन् ।

कंगना रनौत अहिले आफ्नो प्रोडक्सन हाउसको फिल्म ‘टिकु वेड्स शेरु’ को सुटिङमा व्यस्त छिन् । यो फिल्ममा कंगना निर्माताको रुपमा काम गरिरहेकी छिन् । यो फिल्मसँगै उनले तेजस, धाकड, मणिकर्णिका रिटर्न्स र सीता जस्ता फिल्ममा पनि अभिनय गर्नेछिन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम