Logo

मूल्यवृद्धि फिर्ता नलिए सरकारविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने नेविसंघको चेतावनी (विज्ञप्तीसहित)



काठमाडौं, २५ कार्तिक । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । मूल्यवृद्धि फिर्ता नलिए तत्काल आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने पनि नेविसंघको चेतावनी छ ।

आज (बिहीबार) संघका अध्यक्ष राजिव ढुंगानाले एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्दै, त्यही विभिन्न नाममा संचित गरिएका मूल्य स्थिरिकरणको कोष लगायतका विभिन्न कोषहरुको सदुपयोग गर्दै जनतालाई राहत दिने कुरामा कडाईका साथ लाग्न राज्यका सबै निकायलाई जोडदार माग गर्दछौं ।’



प्रतिक्रिया दिनुहोस्