Logo

मण्डेलालाई रिहा गर्ने क्लार्कको निधन



एजेन्सी, २५ कात्तिक । दक्षिण अफ्रिकामा रङ्गभेदी शासन अन्त गर्न भूमिका निभाएका पूर्व राष्ट्रपति एफ डब्लु डे कलार्कको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा आज निधन भएको हो । उनी क्यान्सर संक्रमित थिए ।

मण्डेलासँगै संयुक्त नोबेल शान्ति पुरस्कार विजेता क्लार्कले गोरा जातिको एकल प्रभुत्वबाट दक्षिण अफ्रिकालाई नयाँ युगमा लान भूमिका खेलेका थिए । उनकै कार्यकालमा मण्डेला जेलबाट रिहा भए । शान्तिका लागि भूमिका खेलेका मण्डेलासहित उनलाई सन् १९९३ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्