Logo

टी-२० विश्वकपः अव अस्ट्रेलियाले न्यूजील्याण्डको सामना गर्ने



काठमाडौं, कात्तिक २६ । अस्ट्रेलिया आइसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । विहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।

अव अस्ट्रेलियाले आइतबार दुबइमा न्यूजील्याण्डको सामना गर्नेछ । विहिबार रातीको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्यलाई अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्डले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्