Logo

प्रधानन्यायाधीश जबरा पछि नहट्ने, अदालत जाने



काठमाडौं, २६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज कार्यालय समयमै सर्वोच्च अदालत जाने भएका छन् । उनी १० बजे नै अदालत प्रवेश गर्ने बुझिएको छ ।

नेपाल बार एशोशिएसनले जबरालाई अदालतमा छिर्न नदिने कार्यक्रम राख्दा जबरा भने ब्याक नहुने भएका छन् । निकट स्रोतका अनुसार उनी सर्वोच्चले दिने न्यायसेवा अवरुद्ध हुन नदिने अडानका साथ अदालत पस्ने निर्णयमा पुगेका हुन् ।

बारले बिहिबार विरोध कार्यक्रम आयोजना गर्दा सर्वोच्च परिसरमै झडप समेत भएको थियो । त्यसपछि बार झन् आन्दोलित भएको हो ।

जबराको राजीनामा माग गर्दै बार आन्दोलनमा उत्रिएको छ । तर, जबरा कुनै हालतमा राजीनामा नदिने अडानमा छन् ।

यसैगरी, प्रधानन्यायाधीशको विषयले कानुन व्यवसायीहरु विभाजित हुँदै गएका छन् । अधिकांश पुराना नाम चलेका कानुन व्यवसायीहरु प्रधानन्यायधीशको विपक्षमा उभिएपनि नयाँ पीढीकाहरु पक्षमा देखिन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्