Logo

निमोनियाबाट डिएसपी तिम्सिनाको निधन



काठमाडौ, कार्तिक २६ । इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उहाँको आज विहान निधन भएको हो ।

दसैँअघि बिरामी भएका प्रनाउ तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना गरिएको थियो ।

यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका उनको अवस्था गम्भीर भएपछि हेलिकोप्टर मार्फत लागि प्रहरी अस्पताल पुर्‍याइएको थियो ।



प्रतिक्रिया दिनुहोस्