Logo

बारको अवरोधको बीच प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरे



काठमाडौं, २६ कार्तिक । नेपाल बार एशोसिएशनको अवरोधका बावजुद पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नुअघि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

प्रधानन्यायाधीश जबरालाई बारले कार्यालय प्रवेश गर्न नदिने भनेको थियो । बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ । हिजो बारको आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको थियो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको ठाडो निर्देशनमा आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग भएको आरोप लगाएका थिए । file photo

 



प्रतिक्रिया दिनुहोस्