Logo

नायिका एलिजा गौतमलाई बिराट फिल्मस अवार्ड



काठमाडौं, २६ कात्तिक । चर्चित नायिका एलिजा गौतम बिराट फिल्मस अवार्डबाट सम्मानित भएकी छिन् । गौतमले ‘आटो पिठो’ गीतमा उत्कृष्ट मोडलबाट उक्त अवार्ड प्राप्त गरेकी हुन् ।

विराट मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ (हिजो) ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको हो । अवार्डमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । आयोजकले लामो समयदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको जनाएको छ ।

उक्त अवार्ड प्राप्त गरेपछि नायिका गौतमले सबैलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘‘आज धेरै खुसी छु, बिराट फ्लिम्स अवार्ड बाट “आटो पिठो“ गीतमा उत्कृष्ट मोडलबाट अवार्ड पाएको छु,तपाईहरुकै माया र साथको कारण अगाडि बढ्न सकेको छु ,अनबरत रुपमा यस्तै माया पाईराखु ,सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्