Logo

जुलिअन असान्जलाई प्रेमिकासँग जेलमै विवाह गर्ने अनुमति



एजेन्सी, २६ कात्तिक। विकिलिक्सका संस्थापक जुलियन असान्जले आफ्नी प्रमिका स्टेला मोरिससँग जेलभित्रै विवाह गर्ने अनुमति पाएको जनाइएको छ।

बेलायतको बेल्मार्श कारागारमा रहेका असान्जले प्रेमिकासँग विवाह गर्ने अनुमति पाएका हुन्। असान्जले विवाहका लागि कारागारमा निवेदन दिएका थिए। लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिइरहेको बेला असान्ज र मोरिस एक अर्का संग नजिकिएका थिए ।

पेशाले वकिल रहेकी मोरिसले कारागारभित्रै विवाह गर्ने अनुमति पाएको खुशी व्यक्त गर्दै विवाहमा कुनै हस्तक्षेप नहुनेमा आफू आशावादी रहेको बताएकी छिन्। इक्वेडरको दूतावासबाट निकालिएपछि बेलायतमा उनलाई जमानतका शर्तहरु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो। त्यसयता असान्ज बेल्मार्श कारागारमा छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्