Logo

प्रचण्डको टिप्पणीः प्रतिक्रान्तिकारी दलालहरु अहिले पनि आन्दोलनका उपलब्धि उल्टाउने षडयन्त्रमा छन्



काठमाडौं, २६ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति आँफैमा महान काम भएको उल्लेख गरेका छन् । उनले समाज विकासको नियमजस्तै क्रान्तिको पनि नियम भएको स्पष्ट पारे । उनले भने,‘नेपालमा पनि हामीले धेरै ठूलो जनसंघर्षको संश्लेषण गर्यौं । नेपाली समाजको अध्ययन गर्यौं । राष्ट्रिय एकताको सूध निकालियो, जनयुद्ध गरेको हो । यो त्यति सजिलै भएको होईन् । वैज्ञानिक निश्कर्षसहित सबे प्रतिभालाई केन्द्रित गर्दै अघि बढाईएको विद्रोह थियो ।’

आज विप्लव नेतृत्वको नेकपा परित्याग गरी माओवादी केन्द्रमा नेताहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिक्रियावादी शक्तिले आफूलाई निशाना बनाएको पनि टिप्पणी गरे । उनले भने,‘अहिले प्रचण्डलाई नसिध्याएसम्म पार लाग्ने रहेनछ भनेर प्रतिक्रियावादीहरुबाट घेराबन्दी भइरहेको छ । प्रतिक्रान्तिकारी दलालहरु अहिले पनि आन्दोलनका उपलब्धि उल्टाउने षडयन्त्रमा छन् । माओवादी आन्दोलन र प्रचण्डलाई नसिध्याएसम्म हुँदो रहेनछ भन्ने देखियो नि ! किरणको पार्टी बन्यो, विप्लवको बन्यो । तर, क्रान्ति सजिलो कुरा होइन । लहड चल्दैमा क्रान्ति हुँदैन ।’ उनले नेपाली क्रान्तिले क्रान्ति गर्छु भन्दाभन्दै फेरि क्षतविच्छेद नहोस भन्नेतर्फ पनि सचेत गराए । उनले पार्टी प्रवेश गरेकाहरुलाई बधाई समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्