Logo

बारको आन्दोलनमा ऋषि धमला (भिडियोसहित)



काठमाडौं, २६ कात्तिक । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले नेपाल बार एसोसियशनको आन्दोलन नेपालको संविधान अनुसार नै भएको बताए । उनले भने, ‘प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले अदातलको मर्यादा, सेवाग्राहीको अपेक्षता र न्यायापालिकाको गरिमालाई ध्वस्त पार्नु भयो र पार्नको लागि उन्मुख हुनुहुन्छ । प्रधानन्यायाधीशले कोइरालाको मुद्दामा भन्नु भएको छ । कारागार कानुनको प्रयोग गरेर सजाय दिएको हो ।’

उनले काराागारको अधिकार अदालतले प्रयोग गर्दैन् भन्दै भने, ‘त्यो त कारागारले हेर्ने हो । कारागारको अधिकारलाई उहाँले अदालतमा ट्रान्सफर गर्नुभयो ।’ उनले न्यायालयले कारागरको अधिकार प्रयोग गर्नु नहुने बताए ।

उनले अहिले न्यायापालिका गम्भिर बिरामी भएको भन्दै सेवाग्राहीलाई भने, ‘न्यायापालिका अहिले अपरेशन थिएटरमा छ । बिमार भएको अंगलाई काटेर फाल्ने क्रममा रहेको छ ।’  उनले जनताको जनआस्थालाई उच्च स्थान दिनकै लागि यो आन्दोलन जारी रहेको समेत बताए । यो आन्दोलन उहाँले राजीनामा नदिएसम्म कायम रहने पनि जानकारी दिए ।

वरिष्ठ पत्रकार ऋषि धमलासंग कुरा गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश अथवा जोसुकै होस् जसले पनि यो अवस्थामा राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘बारको प्रथम माग भनेको प्रधानन्यायाधीश जबराको राजीनामा नै हो ।’

उनले  कसैले पनि भ्रष्टाचार गरेर न्यायाधीशले न्याय दिन्छ्ु भन्ने सोच्न राख्न नसक्ने सन्देश दिनको लागि आन्दोलनले सन्देश दिन खाजेको बताए ।
वरिष्ठ अधिवक्ता किवाङ हाङ राईले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताए । उनले भने, उहाँले राजीनामा दिनै पर्छ अरु उपाय छैन् ।’ एउटा व्यक्तिले सिंगै न्यायलाई ओगटेर बस्न नहुने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्