Logo

भारतसँग राम्रो कूटनीतिक सम्बन्ध चाहन्छौँः तालिवान



एजेन्सी, २६ कात्तिक । तालिवानले भारत एक महत्वपूर्ण राष्ट्र रहेको बताउँदै भारतसँग राम्रो कूटनीतिक सम्बन्ध चाहेको व्यक्त गरेको छ । अफगानिस्तानबारे भएको सम्मेलनमा भारतले व्यक्त गरेको विषयपछि तालिवानले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

अफगानिस्तानको नीति अन्तरगत उसको भूमिलाई कुनै देशको विरुद्व प्रयोग गर्न नदिने तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले स्पष्ट पार्दै तालिवान भारतसँग अपसी सहयोग चाहेको स्पष्ट पारेका हुन् ।
प्रवक्ता जबिहुल्लाह मुजाहिदको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘हामी उक्त सम्मेलनमा सहभागी नभएपनि अफगानिस्तानको हितमा सम्मेलन भएको देखिन्छ । अफगानिस्तानको अवस्था बारे सम्पूर्ण छिमेकी मुलुकहरुले चासो देखाएको छ । अफगानिस्तानमा स्थिरता र प्रगतीमा सबैले भूमिका खेल्नेमा म आशावादी छु । भारतले अफगानिस्तानबारे बोलेको विषयमा तालिवानलाई कुनै आपत्ती छैन् ।’ भारतले अफगानिस्तानमा मानविय सहयोग गर्न इच्छुक रहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्