Logo

‘प्रधान्यायाधीशले बारको आन्दोलनलाई मामुली ठानेर बेवास्त गर्नुभयो’ : अधिवक्ता यदुनाथ खनाल (भिडिओसहित)



काठमाडौं, २६ कात्तिक । वरिष्ठ अधिवत्ता यदुनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको आन्दोलनलाई मामुली ठानेर वेवास्ता गरेको बताउदै त्यसो नगर्न सुझाव दिएका छन् । हिजो राति (बिहिबार) प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

बारको आन्दोलनले ठुला–ठुला तानशाह ढलेको बताउदै प्रधानन्यायाधीश जबरा सम्मानजनक बहिर्गमनको बाटोमा नगएपछि अब असम्मानित बहिर्गमनमा जान लागेको उनले बताए । वरिष्ठ अधिवत्ता खनालले प्रधानन्यायाधीश जबराले आफुले गरेका गल्तिलाई छायाँमा पार्न अरुलाई दोस लगाएर पन्छिन खोजेको आरोप लगाउदै नेतृत्वले त्यसो गर्न नहुने बताए ।

साथै, उनले सेटिङ नमिलेर अथवा भाग नपाएपछि आन्दोलन गरिएको भन्ने आरोप सत प्रतिशत गलत भएको स्पष्ट पारे । प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असफल भएको भन्दै राजीनामा दिनुको विकल्प भएको उल्लेख गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्