Logo

आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकियो पोर्चुगल



काठमाडौं, २६ कात्तिक । विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगल आयरल्याण्डसँग बराबरीमा रोकिएको छ ।

हिजो (बिहीबार) राति भएको खेलमा पोर्चुगल आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।
आयरल्याण्डको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित भएको पोर्चुगल गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको थियो ।

पोर्चुगलका डिफेन्डर पेपे रातो कार्ड खादै मैदान बाहिरिएपछि पोर्चुगल अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो ।

समूह ‘ए’मा रहेको पोर्चुगल ७ खेलमा ५ जित र २ हारसँगै १७ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यस्तै ७ खेलमा १ मात्र जित निकालेको आयरल्याण्डको विश्वकप यात्रा टुङ्गिसकेको छ । आयरल्याण्ड ६ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

पोर्चुगलले अब आईतबार सर्बियासँग खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्