Logo

कोलम्बियामाथि ब्राजिलको जित



काठमाडौं, २६ कात्तिक । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियामाथि कठिन जित निकालेको छ ।

बिहिबार विहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ७२औं मिनेटमा नेयमारको पासमा लुकास पाक्युटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जुन गोल जितको लागि प्रयाप्त रह्यो ।

यस जित सँगै ब्राजिल सन् २०२२ मा कतारमा हुने विश्वकपमा छनोट भएको छ ।

जारी छनोट प्रतियोगितामा ब्राजिल अपराजित रहदै विश्वकपमा छनोट भएको हो । ब्राजिल १२ खेलमा ११ जित र १ बराबरी गर्दै ३४ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
यो सँगै ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ ।



प्रतिक्रिया दिनुहोस्