Logo

बिहीबार २ पुरुषको शव भेटियो



काठमाडौं, २६ कात्तिक । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । सोही नगरपालिका–११ कपन बस्ने खोटाङ घर भएका मेघराज राईको हिजो (बिहीबार) शव फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी, कास्कीको पोखरामा पनि पुरुषको शव फेला परेको हो । पोखरा महानगरपालिकाको कच्ची बाटोमा नदीपुर बस्ने २८ वर्षीय अमन परियारको शव फेला परेको हो । छुट्टाछुट्टै स्थानमा भएको घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्