Logo

के इटहरीका मेयर द्धारिकलाल चौधरी माधव नेपालको पार्टी प्रवेश गर्न लागेका हुन ?



काठमाडौं, २६ कार्तिक । इटहरी उपमहानगरपाकिलाकाका मेयर द्धारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई घरमा स्वागत गरेका छन् । मेयर पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँग नजिकिएका छन् ।

चौधरी एमालेबाट निर्वाचित मेयर हुन् । नेपालले पार्टी विभाजन गर्दा उनी एमालेमै रहेका थिए । तर, पछिल्लो समय भने उनी माधव नेपालसँग नजिकिएका छन् । आजमात्रै अध्यक्ष नेपाललाई मेयर चौधरीले इटहरीस्थित् आफ्नो घरमा स्वागत गरेका थिए । एकीकृत समाजवादीनिकट स्रोतकाअनुसार मेयर चौधरी केही दिनभित्रै एमाले परित्याग गरी समाजवादीमा प्रवेश गर्ने तयारी छ ।

हिजोमात्रै चौधरीले नेकपा (एकीकृत समाजवादी) प्रदेश नम्बर १ का अध्यक्ष बलदेव चौधरीसँग खानपान र भेटघाट गरेको भिडियो सामाजिक सञ्जाल फेशबुकमार्फत सार्वजनिका गरेका थिए । उनी स्वयमले भने अहिलेसम्म आफू एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे केही बताएका छैनन् । तर, उनी एमाले नेतृत्वसँग रुष्ट रहेको दाबी गरिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्