Logo

‘द भ्वाइस अफ किड्स’को प्रसारण आजबाट सुरु हुँदै



काठमाडौं, २६ कात्तिक । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ को प्रसारण आजदेखि सुरु हुने भएको छ ।

बिहीबार ‘द भ्वाइस अफ किड्स’ आयोजकले प्रिमियर शो को आयोजना गर्दै यसबारे जानकारी दिएको थियो ।

शो मा ‘द भ्वाइस अफ नेपाल’का कोच राजु लामा र प्रमोद खरेल कोचको रुपमा रहेका छन् भने गायिका द्वय मिलन नेवार र प्रविशा अधिकारी पनि कोच रहेको बताइएको छ ।
यस्तै, शो को होस्ट निर्माता समेत रहेका सुशील नेपालले गर्नेछन् ।

साथै ‘द भ्वाइस अफ किड्स’को निर्देशन लक्ष्मण पौडेलले गर्नेछन् । कार्यक्रम हिमालय टीभीबाट हरेक शुक्रबार र शनिबार प्रसारण हुनेछ ।



प्रतिक्रिया दिनुहोस्