Logo

निर्वाचन अधिकृतले राजीनामा दिएसँगै कांग्रेस सर्लाहीको अधिवेशन अन्योलमा



सर्लाही, २६ कात्तिक । नेपाली कांग्रेसको सर्लाहीमा अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । निर्वाचन अधिकृत विनोद कार्कीले वडा अधिवेशन एक दिन बाँकी रहँदा गुट मिलाउन नसकेको भन्दै राजीनामा दिएका हुन् ।

अधिकृतले राजीनामा दिएसँगै सर्लाही कांग्रेसको अधिवेशनमा थप अन्योल बढेको हो । कार्कीले निर्वाचन समितिका केन्द्रीय संयोजकलाई पत्र लेख्दै अधिवेशन गराउन नसक्ने अवस्था नभएको उल्लेख गरेका छन् ।

उनले पार्टीभित्रका समुहबीच छलफल गराउँदा पनि सहमति जुटाउन नसकेकोले अधिवेशन गराउने वातावरण नभएको भन्दै राजीमामा पत्रमा समेत उल्लेख गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्