Logo

दोभालको हातबाट नेपाल प्रहरीका यी अधिकृतले पाए उपाधि



काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरीका अधिकृतहरुले भारतमा विभिन्न उपाधि पाएका छन् । उपाधि पाउनेहरुमा प्रहरी नीरिक्षकहरु सिमोन धिताल, अनिल थापा र किरण रावत छन् । हैदरावादस्थित सरदार बल्लभभाई पटेल, राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा उनीहरुले उपाधि हासिल गरेका हुन् ।

सिमोन धितालले द जयपुर कप फर पीटी लेडी प्रोबाटनर्स उपाधि पाएकी हुन् । अनिल थापाले द बिएसएफ ट्रफी फर प्रोफिसियन्सी इन आउटडोर सब्जेक्ट्सको उपाधि पाएका हुन् । किरण रावतले द जयपुर कप फर पीटी फर जेन्टलम्यान उपाधि प्राप्त गरे ।

उपाधि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले प्रदान गरेका थिए । त्यस अवसरमा प्रहरी महानीरिक्षक शैलेश थापा क्षेत्री पनि उपस्थित थिए ।

Photo Source: SVP National Police Academy



प्रतिक्रिया दिनुहोस्