Logo

अविलम्ब मूल्यवृद्धि फिर्ता नभए हामी सार्वजनिक यातायाता ठप्प गर्छौं : महासचिव सिटौला



काठमाडौं, २६ कार्तिक । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए देशभरिका सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन् । उनले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन आग्रह गरेका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कार्तिक १२ गते पेट्रोलियम मूल्यवृद्धि भयो । फेरि १५ दिन नपुग्दै कार्तिक २४ गते मूल्यवृद्धि भयो । हामीमाथि ठूलो अन्याय भएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ अब सडकमा आयो । अब गाडी चल्न सक्दैन् । मूल्यवृद्धि अविलम्ब फिर्ता हुनुपर्छ । हामी पनि अब कठोर निर्णय गर्छौं । आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता हुनुपर्छ । फिर्ता भएन भने हामी भाडा बढाउन बाध्य हुन्छौं । गाडी पानीले चल्दैन् । उपभोक्ताका नेताहरु, हामी अब चुप लागेर बस्दैनौं । आयल निगमको जिएमको मात्रै दोष लगाएर हुँदैन् ।’

उनले नेपालका दलले नै आयल निगमलाई चलाएको आरोप लगाए । उनले भने,‘आयल निगमलाई मात्रै गाली गरेर हुन्छ ? भागबण्डा गरेका नेताहरु किन बोल्नुभएको छैन ? अविलम्ब रुपमा मूल्यवृद्धि फिर्ता होस । आयल निगमले वैज्ञानिक प्रणालीको नाममा मूल्यवृद्धि गरेको भनेको छ, तर, आम उपभोक्ता मारमा छन् । पेट्रोलियम पदार्थको ५० प्रतिशत खपत गर्ने यातायात व्यवसायीहरु झनै मारमा छौं । मूल्यवृद्धि अविलम्ब फिर्ता नभए हामी कठोर निर्णय लिन बाध्य हुन्छौं ।’



प्रतिक्रिया दिनुहोस्