Logo

आयल निगम सेवामूलक भावनाले नचल्ने हो भने किन राख्नुपर्यो : महासचिव समिक बडाल



काठमाडौं, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव समिक बडालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको लागि आफ्नो संगठन सडक संघर्षमा आईसकेको बताउँदै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने र आफुहरुले आवाज उठाईरहने स्पष्ट पारेका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अनेरास्ववियुले आयल निगमलाई आजभन्दा १२ दिन अघि नै अघिल्लो पटक मूल्यवृद्धि फिर्ता गर्न भनेको थियो, हामीले विरोध गर्यौं । प्रत्येक १५ दिनमा स्वचालित मूल्य कायम गरिने भनिएको छ, तर १५ दिन नपुग्दै मूल्यवृद्धि गरियो । यो गलत हो ।’

बडालले आयल निगम सेवामूलक भावनाले नचल्ने हो भने किन राख्नुपर्यो ? भन्ने प्रश्नसमे तगरे । उनले भने,‘हामीले मूल्यवृद्धिको विरोधमा देशभरि नै आन्दोलन गरेका छौं । आजपनि हाम्रो संगठनले सबै जिल्ला सदरमुकाममा आन्दोलन गरेको छ ।’

उनले मूल्यवृद्धिको मात्रै कुरा नभएर निगम शुद्धिकरणको लागि सरकारले पहलकदमी लिनुपर्ने आवाज उठाए । उनले भने,‘आयल निगमलाई मात्रै दोष नदिउँ ? सरकारले पनि पहल गरोस् । आयल निगमले मात्रै यो मूल्यवृद्धि गरेको होईन, यो सरकारको निर्देशनमा भएको हो । निगमभित्रको भ्रष्टाचार भएको विषयमा खोजिदिनुपर्छ । आयल निगमलाई सुधार गर्नुपर्छ । मूल्यवृद्धि फिर्ता नहुँदासम्म हाम्रो आवाज बुलन्द हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्