Logo

निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेललाई तत्काल बर्खास्त गर्नुपर्छ, निगमभित्रको भ्रष्टाचार छानबिन होस : अध्यक्ष पराजुली



काठमाडौं, २६ कार्तिक ।माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेललाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष आग्रह गरेका छन् । उनले भने,‘हाम्रो संगठन भनेको आयल निगमलाई झुकाउने संगठन हौं । आफ्नै पार्टीको सरकारमा हुँदापनि मूल्यवृद्धि घटाएको ईतिहास छ । सुरेन्द्र पौडेल कुन बेलामा नियुक्त हुनुभयो ? उहाँले भ्रष्टाचार गर्नको निम्ति मूल्यवृद्धि गर्नुभएको छ । अहिलेको गबठन्धनलाई असफल बनाउनको लागि पौडेलले मूल्यवृद्धि गरेको हो, उहाँलाई तुरुन्त बर्खास्त गरियोस ।’

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले आपूर्ति मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै हेरिरहेको उल्लेख गर्दै अहिले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरि गरिएको मूल्यवृति अविलम्ब फिर्ता लिनेगरि कदम चाल्न पनि आग्रह गरेका छन् । उनले भने,‘प्रधानमन्त्रीले अहिले आपूर्ति मन्त्रालयपनि हेरिरहनुभएको छ । अर्थमन्त्रीले करसम्बन्धी हेरिरहनुभएको छ । के तपाईँहरु नेपाली जनताको चूलो चौको निभाउनतिर लाग्नुभएको हो ? हामीले त हिजो प्रतिगमनलाई ढाल्यौं । हामी त जनविरोधी कामको सधैं विरुद्धमा हुन्छौं । ऋषि धमलाजस्तो व्यक्ति एकचोटी सडकमा आएर जनताको पक्षमा बोल्नुहोस । अहिले बोल्न सकेनौं भने कहिल्यै पनि बोल्न सक्दैनौं ।’

उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्दै मूल्यवृद्धि फिर्ता गराउनको लागि विद्यार्थी आन्दोलनलाई सहज ढंगले अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘आयल निगमको भ्रष्टाचार छानबिन गर्नुपर्छ । अहिलेको सरकारले छानबिन गर्नुपर्छ । आयल निगमका प्रत्येक कर्मचारीलाई वरिपरिका छिमेकीहरुले गिच्याईरहेका छन् । छिमेकीहरुले आयल निगमका कर्मचारीलाई अब ढुंगा हान्नुपर्छ । यो आम जनताको सरोकारको विषय हो । अब आम विद्यार्थी र युवा उठ्नुपर्छ । यो मान्छे बाँच्ने सवाल हो । यो जीवन चलाउने सवाल हो । आयल निगमको बेथितिविरुद्ध बोल्नुपर्छ । मेरो पार्टी पनि सरकारमा छ, तर जनघाती काम गर्यो भने विरुद्धमा बोल्नुपर्छ । म बोल्छु । निगमका सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्छ । भ्रष्टाचारको छानबिन गर्नुपर्छ ।’ उनले मूल्यवृद्धि फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने भन्दै कुनैपन िहालतमा सम्झौता नगर्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot