Logo

आइजीपी थापाले कार्कीलाई किन दिए निमित्तको जिम्मेवारी



काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री यतिबेला भारत भ्रमणमा छन् । उनी हैदराबादमा सरदार बल्लभवाई पटेल राष्ट्रिय पुलिस एकेडेमीको कार्यक्रममा सहभागी हुन गएका हुन् ।

थापाले आफू विदेश भ्रमणमा जाँदा निमित्तको जिम्मेवारी वरियतामा दोस्रो एआइजी हरिबहादुर पाललाई दिएनन् । यसबाट उनको पालप्रतिको असन्तुष्टि छताछुल्ल भएको छ । पाल अहिले निकै शक्तिहाली छन् । उनले नै प्रहरी चलाइरहेको चर्चा पनि चल्ने गरेको छ ।

आइजीपी शैलेश थापाले पालपछि वरियतामा रहेका निरजबहादुर शाहीलाई पनि निमित्तको जिम्मेवारी दिएनन् । उनले तेस्रो वरियताका एआइजी प्रद्युम्नकुमार कार्कीलाई जिम्मेवारी दिएका छन् । आइजीपी थापा र एआइजी कार्की दुवै भक्तपुरका हुन् । थापा कटुन्जेका हुन् भने कार्की गुन्डुका हुन् । दुवैको घर दुई किलोमिटर दूरीमा पर्छ ।

थापा र कार्की मामा र फुपूका छोराहरु हुन् । उनीहरुबीच दाजुभाईको सम्बन्ध पनि छ ।

यसैगरी, कार्कीले निमित्त पाएपछि एआइजी पाल असन्तुष्ट भएका छन् । उनले बिदा लिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्