Logo

मूल्यवृद्धिको विरुद्धमा अनेरास्ववियु आक्रामक, त्रि–चन्द्र क्याम्पसअघि मसाल जुलुस निकालियो (फोटोफिचर)



काठमाडौं, २६ कार्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियुले आज मसाल जुलुश निकालेको छ । एमालेनिकट अनेरास्ववियुले हिजोदेखि देशव्यापी रुपमा आन्दोलन थालेको छ ।

उक्त प्रदर्शन अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको हो । उक्त अवसरमा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य गोविन्द थपलियाले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन चेतावनी दिएका छन् ।

उनले भने,‘यो जनतामारा सरकार हो । यो अपवित्र गठबन्धनको सरकार हो । अहिले यसले जनताको ढाड सेक्नेगरि मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धि फिर्ताको लागि परमादेशी सरकारलाई चूनौतिा दिन्छौं । हाम्रो आन्दोलनलाई सामान्य ढंगले लिईयो भने यसको परीणाम नराम्रो हुन्छ, सरकारले बेलैमा सोचोस ।’

आज त्रिचन्द्र क्याम्पसअगाडि मसाल जुलुश निकालिएको हो । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राखिने अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्