Logo

मेडिसिटी देशको शान र मेडिकल टुरिजमको आधार हो, फार्मेसी त अमेरिकाजस्तै लाग्यो : कर्ण शाक्य



काठमाडौं, २६ कार्तिक । चर्चित पर्यटन व्यवसायी तथा प्रेरणादायी लेखक कर्ण शाक्यले डा. उपेन्द्र महतोको नेतृत्वमा ललितपुको भैंसेपाटीमा सञ्चालित नेपाल मेडिसिटी अस्पतालको सेवा र यसको व्यवस्थापन अन्तर्राष्टियस्तरको रहेको भन्दै प्रशंसा गरेका छन् । खासगरी मेडिसिटीको फार्मेसीमा औषधि किन्न जाँदा आफूलाई अमेरिकाजस्तै लागेको पनि शाक्यले उल्लेख गरेका छन् । र, यसले आफूलाई खुशी तुल्याएको उनको भनाई छ । मेडिसिटीको फार्मेसीको तस्विर सामाजिक सञ्जाल फेशबुकमा राख्दै शाक्यले यस्तो लेखेका हुन् ।

त्यतिमात्रै नभएर उनले मेडिसिटीका न्यूरोलोजिष्ट डा. ईशान अधिकारीले प्रदान गरेको सेवा देखेर पनि आफू प्रभावित भएको जनाएका छन् । उनले भनेका छन्,”मेडिसिटीमा अमेरिकाबाट फर्केका एक होनहार चुस्त युवा न्युरोलजिस्ट डाक्टर ईशान अधिकारीलाई जचाएँ, उनको जाँच्ने तरिका, हाउभाउ, अनि स्वभाव र रोगप्रतिको गहिरो ज्ञान देखेर म धेरै प्रभावित भएँ ।” शाक्यले मेडिसिटी अस्पताललाई अन्तर्राष्टियस्तरको अस्पताल भन्दै देशको शान र मेडिकल टुरिजमको आधार भनेका छन् ।

उनले लेखेका छन्-

उत्कृष्त स्वास्थ सेवा सबैले पाउनु पर्छ भनेर हामीले प्राथना मात्र गर्ने सक्छ, तर प्रधानमंत्रि, मत्रिहरूले केही नगरे सम्म आममान्छेले मात्र चाहेर केही हुंदैन।यद्यपी राम्रो लाई राम्रो भनेर ठप राम्रो गर्न गराउनको लागी भमिका खेल्ने जिम्मेवीरी आममान्छेको हो जस्तो लाग्छ। किनभने प्रसंशाले प्रोत्साहन दीन्छ, प्रोत्साहनले प्रेरणा र प्रेरणाले हरेक क्षेत्रमा प्रगती ल्याउन मदत्त गर्छ। यो सुन्दा साधारण लाग्न सक्ला तर यो बिकासको अदृष्य अनी अचुक बैकल्पित उपाय हो।

अन्तरराष्ट्रिय स्तरको अस्पटाल हाम्रो देशमा पनी चाहीन्छ। यो देशको शान हो र मेडिकल टुरिजमको आधार हो। मेडी सिटी र ग्राण्डि अस्पताल सुरू गर्दा पहीले खाली खाली देख्दा मन चिसो हुन्थ्यो। तैपनी ब्यबस्थापनले आँत गरेर ठुलो घाटा सहेर पनी सेवा दीइरहे।आज म मेडी सिटीमा जचाउन जाँदा पार्किग खाली थिएन र अस्पताल भरिभराउ थियो। मेडी सिटीमा अमेरिका बाट फर्केका एक होनहार चुस्त युवा न्युरोलजिस्त डाक्टर ईशान अधिकारी लाई जचाएं। उनको जाँच्ने तरिका,हाव भाव स्वभाव र रोग प्रतीको गहीरो ज्ञान देखेर म धेरै प्रभाबीत भए। पछी मेडी सिटीको फार्मेसीमा औषधि किन्न जांदा अमेरिका जस्तै लाग्यो।यो पनी खुसी हुने एउटा सानो बहाना हो !!! 



प्रतिक्रिया दिनुहोस्