Logo

गोरखामा बाबुराम दम्पत्ति : बुढा धान झाँट्दै, बुढी कोदो केलाउँदै



काठमाडौं, २६ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी आफ्ना विचारहरु यही माध्यमबाट सार्वजनिक गर्दै आएका छन् ।

यतिवेला उनी पार्टीको संगठन सुदृढीकरणको अभियान लिएर गृहजिल्ला गोरखामा छन् । उनी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्यसमेत रहेकी पत्नी हिसिला यमीलाई साथमै लिएर गोरखामा छन् ।

बाबुराम दम्पत्तिले अहिले विभिन्न क्षेत्रमा पुगेर जनअन्तरक्रिया गर्दै आएका छन् । आज भने बाबुरामले आफूले धान झाँट्दै गरेको र पत्नी हिसिलाले कोदो केलाउँदै गरेको तस्विर सामाजिक सञ्जाल फेशबुकमा सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्