Logo

खुकुरी रमको नयाँ प्याकेजिङ सार्वजनिक



काठमाडौं, कार्तिक २६  । खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । कम्पनीले २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरेको हो ।

खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उतारेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लण्डनको विश्वबिख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले सबैको ध्यान तान्नेसमेत कम्पनीको दाबी छ ।

कम्पनीले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकमाझ रिसर्च समेत गरेको थियो । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो ।

प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकबाट आएका प्रतिक्रियाहरुलाई समेत ध्यानमा राखेर नेपाली सम्पदा, मौलिकपन र परम्परा झल्किने गरी विशेषतासहित नयाँ नयाँ प्याकेजिङ सार्वजनिक गरेको कम्पनीले उल्लेख गरेको छ ।
हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको छ ।



प्रतिक्रिया दिनुहोस्