Logo

दिल्लीमा २ दिन घरबाहिर ननिस्कन आग्रह



काठमाडौं, कार्तिक २७ । भारतको राजधानी दिल्लीमा प्रदुषण बढेपछि गम्भीर रोगी, बच्चा, गर्भवती र बुढाबुढीलाई केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले चेतावनी जारी गरेको छ। बोर्डले नोभेम्बर १८ सम्म दिल्लीमा हावाको गुणस्तर खराब हुने बताएको छ।

हावाको गुणस्तर खराब भएपछि गम्भीर रोगी, बच्चा, गर्भवती र बुढाबुढीलाई कम्तिमा आउदो दुई दिन घरबाहिर ननिस्किन चेतावनी दिएको हो। बोर्डले आपतकालीन अवस्थामा स्कुल बन्द गर्नु पर्ने, निर्माण कार्य बन्द गर्न सुझाएको छ।

बोर्डले चेतावनी जारी गर्दै सरकारी र निजी कार्यालयका कर्मचारी तथा सवारी साधन ३० प्रतिशत कम गर्नुपर्ने बताएको छ।



प्रतिक्रिया दिनुहोस्