Logo

स्वास्थ्यमन्त्री खतिवडाको दाबी : काेभिडकाे खाेपकाे अभाव हुन दिँदैनाैं  



काठमाडौं, २७ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडाले काेभिडकाे खाेपकाे अभाव हुन नदिने बताएका छन् ।आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खतिवडाले भने, “काेभिड खाेपकाे अभाव छैन । हुन पनि दिने छैनाैं । साढे ५ कराेड खाेप सुनिश्चित भइसकेकाे छ । साढे ३ कराेड खाेप पाइपलाइनमा छ ।”

मन्त्री खतिवडाले ७७ वटै जिल्ला अस्पताल र काठमाडौं उपत्यकामा पाँचवटा सरकारी अस्पतालमा खाेप लगाउन सकिने बताए । २८ कात्तिकदेखि १२ वर्षदेखि १८ वर्षसम्मकाे वर्ष उमेर समूहका लागि खाेप दिइने जानकारी उनले दिए । त्यसका लागि १ कराेड फाइजर खाेप सुनिश्चित भएकाे उनकाे भनाइ छ ।

स्वास्थ्य मन्त्री खतिवडाले न्यायालय विवादमा सत्ता गठबन्धनले हस्तक्षेप गर्नेभन्दा सुझाव मात्र दिन सक्ने धारणा राखे । उनले भने, “पहल गर्दा हस्तक्षेपकाे अर्थ लाग्छ, नगर्दा खै पहल गरेकाे भन्छन् । न्यायालयका न्यायाधीश र बारका विद्वानहरू बसेर समाधान गर्न सक्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्