Logo

ह्यारी केनको ह्याट्रिकमा इङ्ल्याण्डको फराकिलो जित



काठमाडौं, २७ कात्तिक । विश्वकप फुटबलको यूरोपेली छनोटमा इङ्ल्याण्डले फराकिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा इङ्ल्याण्डले अल्बानियालाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

इङ्ल्याण्डको जितमा ह्यारी केनले ह्याट्रिक गरे । यस्तै, ह्यारी मागुइरी र जोर्डन हेन्डरसनले समान एक÷एक गोल गरे ।

खेलको पहिलो हाफमै इङ्ल्याण्डले पाँच गोलको अग्रता लिएको थियो ।

केनले इङ्ल्याण्डका लागि वाइन रोनीको ३७ गोलको कीर्तिमानलाई तोडेका छन् ।

समूह ‘आइ’मा रहेको इङ्ल्याण्ड २३ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
यस्तै, दोस्रो स्थानमा रहेको पोल्याण्डको २० अंक छ । इङ्ल्याण्ड विश्वकप नजिक पुगिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्