Logo

उरुग्वेमाथि अर्जेन्टिनाको जित



काठमाडौं, २७ कात्तिक । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले हराएको हो ।

खेलको ७औं मिनेटमा पाब्लो ड्याबालाको पासलाई सदुपयोग गर्दै एन्जल डि मारियाले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । जुन गोल जितका लागि प्रयाप्त रह्यो ।

यस जित संगै अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोड्दै विश्वकप छनोटको नजिक पुगेको छ ।
साथै, उरुग्वे १६ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्