Logo

एमालेमा ९० प्रतिशत प्रतिनिधि सर्वसम्मत छानिन्छन्: विशाल भट्टराई



काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका प्रभावशाली नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीकाे दसाैं महाधिवेशनमा ९० प्रतिशत प्रतिनिधि सर्वसम्मत छानिने बताएका छन् ।एमालेकाे वडादेखि पालिका हुँदै प्रतिनिधिसम्म छनाेट सर्वसम्मत भएकाे उनकाे दाबी छ ।

नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “विगतमा माधव नेपाल र झलनाथ खनालले गुटबन्दीकाे थाङ्ग्राे लगाइदिएकाले तलका लहरा माथि चढ्थे । अहिले त्याे छैन । केपी ओलीजस्ताे चमत्कारी र विलक्षण नेतृत्व पाएकाले एमालेमा अहिले सर्वसम्मति सम्भव भयाे ।” उ

नले १२ मंसिरमा ओली सर्वसम्मत अध्यक्ष हुने दाबी गरे । उनले भने, “उहाँलाई कुनै चुनाैती छैन । कसैले प्रतिस्पर्धा गरे पनि अध्यक्ष हुने उहाँ नै हाे ।” विगतमा माधव नेपाल पक्षमा लागेका नेताहरू र पूर्व माओवादी नेताहरूलाई सम्मानजनक ठाउँ दिइने उनले बताए । नेता भट्टराईले अदालतमा ट्रेड युनियनकाे जस्ताे आन्दाेलन भैरहेकाे भन्दै चाेलेन्द्रशमशेर राणा लगायत पाँच न्यायाधीशले सामूहिक रूपमा पदत्याग गर्नुपर्ने दाेहाेर्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot