Logo

आयल निगमका नायब महाप्रवन्धक साह र सरोज सिटौलाबीच स्टुडियोमै चर्काचर्की (भिडिओसहित)



काठमाडौं, २७ कार्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा देशव्यापी आन्दोलन सुरु भएको छ । खासगरी विद्यार्थी संगठनहरुले सडक आन्दोलन थालिसकेका छन् ।तर, नेपाल आयल निगमले भने कुनैपनि हालतमा मूल्यवृद्धि फिर्ता नगर्ने भनिसकेको छ । नेपाल आयल निगमका नायब महाप्रवन्धक नागेन्द्र साहले आफूहरुले बाध्यात्मक रुपमा मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको सुनाए ।

उनले अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य वृद्धि भएकोले आफूहरुले मूल्य समायोजन गरेको सुनाए । उनले अहिले मूल्यवृद्धि गरेको भन्दापनि समायोजन गरेको सुनाए । उता, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने मूल्यवृद्धि यथाशक्य फिर्ता नलिए देशव्यापी रुपमा सवारी ठप्प पार्ने चेतावनी दिए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिटौलाले आयल निगमले १५ दिन नपुग्दै मूल्यवृद्धि बढाएको भन्दै गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्